चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

अमलटारी मध्यवर्ती सामुदायीक होमस्टे, कावासोती-१५, बाघखोर, नवलपरासी

भौगोलिक हिसाबले विश्वको कुल भुभागको केवल 0.1% हिस्सा ओगट्ने भएपनि जैविक विविधताको हिसाबले नेपाललाई विश्वमै धनि मानिन्छ ।प्राकृतिक दृष्ट्रिकोणले नेपाल तिन तलिय हिमाल, पहाड र तराइ मा बिभाजति रहेको छ । आर्थीक विकाश र मानव विकाश सुंचकको आधारमा नेपाल पछाडी रहेपनि जैविक विविधताको आधारमा नेपाल बिस्वकै २५ औ र एसियामा ११ औ स्थानमा पर्दछ । विश्वमा पाइने कुल जीब प्रजातीको 1.1% र कुल बनस्पती प्रजातीको 3.2% नेपालमा पाइने हुनाले पनि हामी जैविक विविधतामा कति धनि छौ भन्ने प्रष्ट हुन्छ । विश्व सम्पदा सुचीमा सुचिकृत नेपालको प्राकृतिक सम्पदामा धनि चितवन राष्ट्रिय निकुञ्ज पनि एक महत्वपुर्ण जैविक विविधताको क्षेत्र रहेको छ ।

संरक्षणमा स्थानिय सहभागीता र लाभको बाँडफाड गर्ने गरि जनसहभागीतामुलक संरक्षण अवधारणा अनुरुप जनताको सहभागीतामा आधारीत जैविक विविधता संरक्षणलाइ अगाडी बढाउन मध्यवर्ती क्षेत्र कार्यक्रम , पार्क पिपुल प्रोग्राम लगायतका जनमुखी संरक्षण कार्यक्रमले जैविक विविधताको संरक्षण गर्र्नेे कार्यमा जनसहभागीताको अभिवृद्धि गर्न टेवा पुयाउदै आएको छ । यसै क्रममा यस चितवन रा. निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तगत २१ वटा उपभोक्ता समिती तथा १ उपसमिती गरि २२ वटा उपभोक्ता समिती रहेको छ । नवलपरासी जिल्लामा ८ वटा मध्यवर्ती उपभोक्ता समिती रहेको छ् । जसमध्ये संरक्षण तथा जैविक विविधतामा धनि अमलटारी उपभोक्ता समिती पनि बिशेष रुपमा पर्दछ।

यस कावासोती नगरपालिक १५ मा रहेको अमलटारी उपभोक्ता समिती अन्तरगत यस वाघखोर गाऊ नारायणी नदिको किनारमा गुन्द्धही ढकाहा मध्यवर्ती सामदायीक वन सँग जोडिएको छ । यस क्षेत्रमा आदिवासी तथा जनजाती थारु बोटे ,माझी ,मुसहर समुदायको बसोबास रहेको छ ।यस क्षेत्रमा बसोबास गर्ने थारु , बोटे, माझी र मुसहर समुदायको आ आफनै संस्कृति, चालचलन तथा परम्परा रहेको छ । जैबिक विविधता को दृष्टिकोणले अत्यन्तै महत्वपर्ण मानिने यस क्षेत्र चितवन राष्ट्रिय निकञ्जमा रहेको नेपालकै गहिरो नदिले चिनिने नारायणी नदि पूर्वी भाग देखि दक्षिण भाग हुदै पश्चिमी भाग सम्म पर्दछ । विश्वकै लोपउन्मुख प्रजातीे घडियाल गोही को प्रमुख वासस्थान रहेको यस नदिमा सिजनअनुसारका चरा तथा आसपासमा एक सिङगे गैडाको वासस्थान रहेको छ। साथै यस क्षेत्रमा रहेको एउटै मात्र गुन्द्धही ढकाहा मध्यवर्ती सामदायीक वन क्षेत्रमा स्थाई रुपमा गैडाको बसोबाससाथै विभिन्न जातका मृग प्रजाती,चितुवा तथा पाटे बाघ ,बदेल ,भालु लगायतका जनावर र चराचुरङगी पनि देख्न सकिने भएकोले जैविक विविधताको पारखी तथा पर्यापर्यटनको रुपमा यस क्षेत्र अत्यन्त महत्वपुर्ण क्षेत्रको रुपमा रहेको छ ।

हाम्रो बारेमा

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको अमलतरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले होमस्टे सुरु गरेको छ ।.

नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं १५ बाघखोर गाउँमा मा थारु र बोटे समुदायको ३१ घरमा होमस्टे संचालनमा रहेको छ पर्यटकहरु आइरहदा संचालकहरु उत्साहित भएका छन् । २०७० जेठ ५ गते देखि सुरु भएको होमस्टे नवलपुर जिल्लाकै पहिलो होमस्टे हो । झन्डै १० वर्षमा एक लाख भन्दा बढी आन्तरिक र बिदेशी पर्यटक बसोबास गरिसकेका छन् । यस होमस्टेमा एक पटकमा १२४ जना बास बस्न सकिन्छ। यो होमस्टे पूर्व पश्चिम महेन्द्र राजमार्गको कावासोती थकाली चोक र डण्डा बजार बाट ६.५ किलोमीटर दक्षिणमा अवस्थित छ । यातायात सुबिधा र शान्त वातावरण भएको यो होमस्टे जनताको रोजाइमा परको छ ।

PackageRates

Food Package

Nrs 1050/person for Nepalese
Nrs 2100/person for International Tourists
  • Local Chicken Khana
  • Room with single bed & Attached Bathroom
  • Breakfast
  • Lunch
  • Tea/Coffee

Boating Package

Charged Per Person Only
  • Per Person for Nepalese(Includes transportation, Tea & Snacks and sunset view) --- Nrs 1200
  • Per Person for International Tourists(Includes transportation, Tea & Snacks and sunset view) --- Nrs 3800

Jeep Package

Nrs 8000 for Nepalese
Nrs 12000 for International Tourists
  • Per Person for Nepalese --- Nrs 700
  • Per Person for International Tourists --- Nrs 1000

Cultural Program Package

Nrs 5000 for Nepalese
Nrs 8000 for International Tourists
  • Available only for groups.

क्रियाकलापहरु

होम स्टे

होम स्टे

होम स्टे  भनेको स्थानिय स्तरमा रहेका स्रोत साधनहरुको परिचालन गर्दै त्यहाको खानपान रहन सहन ,चालचलन ,रितिरीवाज ,संस्कार र सँस्कृति नै होम स्टे हो । यस अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेको स्थापना २०७० जेठ ५गते भएको हो। हाल ३१ घरधुरीमा १२४ जना पाहुनाहरुलाई आतिथ्य सत्कार गर्न सक्ने ब्यवस्था गरि संचालन गरिएको छ । साथै नेपाल सरकारले ३७ औ विश्व पर्यटन दिवसका अवसरमा यस होमस्टे लाइ नयाँ पर्यटकिय गाँउको रुपमा घोषणा गरिसकेको छ । WWF ले WWF Nepal Conservation Award 2021 ले सम्मानित गरेको छ । होमस्टेमा वस्न चाहाने पाहुनाहरुले होमस्टे समितिले निर्धारण गरेको शुल्क तिरेर सेवा लिन सक्ने छ ।

सामुदायिक वन तथा जंगली जनावार अवलोकन

सामुदायिक वन तथा जंगली जनावार अवलोकन

जैविक विविधताको दृष्टिकोणले अत्यान्तै महत्पुर्ण मानिएको गुन्द्धही ढकाहा मध्यवर्ती सामुदायीक वन दक्षिणी भागमा नारायणी नदि तथा चितवन राष्ट्रिय निकुञ्ज सँग जोडिएको छ । यस सामुदायीक वन भित्र वन्यजन्तु अवलोकनका लागी वन पथ ,भिउ टावर ,मचान ,वन्यजन्तु व्यवस्थापनका लागी सिमसार तथा घासे मैदान बनाइएको छ जसले गर्दा यस क्षेत्रमा नेपालकै र्दुलभ मानिने एक सिङगे गैडा तथा अन्य लोपोन्मुख प्रजातीका बन्यजन्तु,चराचुरङगीहरु सजीलै देख्न सकिन्छ । यस सामुदायीक वन ८३० हे. क्षेत्रफलमा फैलिएको छ । सामुदायीक वन प्रवेश संग संगै आगन्तुक पाहुनाहरुमा लाग्छ मानौ कि कुनै स्वर्गको टुक्रामा आए जस्तो । सामुदायीक वन प्रवेशका लागी होमस्टे व्यवस्थापक समिती संग समन्वय गरि मात्र प्रवेश गर्न सकिन्छ ।

थारु संस्कृति

थारु संस्कृति

आदिबासी जनजाती थारु, बोटे तथा मुसहर समुदायको स्थानिय कला संस्कृति संरक्षणका लागि परम्परागत लाठी नाच, गोलेनी नाच,झुमरा नाच, झर्रा नाच, जोगेडा नाच ,हुर्का नाच तथा रिमिक्स नाच होमस्टेको सामुदायिक साँस्कृतिक भवनमा आवश्यकता अनुसार हरेक वेलुका प्रस्तुती प्रदर्शन गरिन्छ । जसकालागि सामुहिक रुपमा रु.५०००।– शुल्क निर्धारण गरिएको छ । 

थारु परिकारहरु 

चिचर, माछा, घोगी, नुमैचा,चटनि,अचार,सोझुवारोटी लोकल कुखुरा तथा हाँसको परिकार, आवश्यकता अनुसार मोद  (घरपाला रक्सी)  अनदीवाट वनेको निजई, गदाला (जाड)  साथै खाजा ,नास्ताको पनि व्यवस्था छ । 

सेवा र आकर्षणहरु

यस अमलटारी मध्यवर्ती सामुदायीक होमस्टेद्धारा सञ्चालन गरिने मुख्य पर्यटकिय क्रियाकलापहरु निम्नानुसार छन् ।

  • विश्व सम्पदा सुचिमा सुचिकृत यस चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको जैविक विविधताले भरिपुर्ण गुन्द्धहि ढकाहा सामुदायीक वन क्षेत्रमा पर्यटकहरु लाइ विश्वकै दुर्लभ एक सिङगे गैडा,पाटेबाघ , घडियाल लगायत लोपोन्मुख प्रजातीका वन्यजन्तु तथा चराचुरङगीको अवलोकन गराउने ।
  • चितवन राष्ट्रिय निकुञ्ज सँग जोडिएको नेपालकै गहिरो तथा विशाल नारायणी नदिमा बोटिङ गराउने ।
  • सामुदायीक वनमा हात्ती सफारी गराउने
  • सामुदायीक वनमा पैदल वाक कार्यक्रम
  • आदिबासी थारु संङगा्रहलय अवलोकन गराउने
  • माछापोखरी फिसिङ गराउने
  • चरा अवलोकन गराउने
  • वयल गाडा सयर थारु, बोटे तथा मुसहर गाँउमा गराउने
  • जिप सफारी गराउने
  • थारु गाँउ अवलोकन (भिलेज वाक )
  • स्थानिय आदिवासी तथा जनजातीको सांस्कृतिक कार्यक्रम (थारु,बोटे तथा मुसहर समुदायको नृत्य) देखाउने ।
  • नारायणी नदिको काखमा सुन्दर सुर्यास्त दृश्य अवलोकन गराउने
  • हाती बाथ गराउने
  • स्वच्छ , सफा , ताजा र शुद्ध प्राङगारीक (इचनबलष्अ) थारु समुदायको स्वादिष्ट भोजन गराउने

यस अमलटारी मध्यवर्ती सामुदायीक होमस्टेका मुख्य आकर्षणहरु निम्नानुसार रहेका छन् ।

  • प्राकृतिक सौन्दर्यता तथा वन्यजन्तु अवलोकनका लागी सामुदायीक वनमा हात्ती सफारी तथा जिप सफारी
  • नेपालकै गहिरो नारायणी नदिमा बोटिङ
  • एकै पटकमा १२४ जना पाहुना राख्न सकिने क्षमता भएको
  • ३०० जना क्षमता भएको तालिम हल,जेनेरेटर तथा प्रोजेक्टरको व्यवस्था
  • २४ सै घण्टा सुरक्षाको व्यवस्था
  • सफा, आरामदायी कोठा तथा एट्याज बाथरुमको व्यवस्था
  • प्रत्येक होमस्टेमा सोलरको व्यवस्था
  • प्रत्येक होमस्टेमा २४ सै घण्टा इन्टरनेटको व्यवस्था
  • होमस्टे सम्म यातायातको व्यवस्था
  • स्वदेशी तथा विदेशी हवाई टिकट को व्यवस्था
  • सोबिनर सपको व्यवस्था(चिनो पसल)
  • रेमिटान्स सेवा
  • व्यवस्थीत पार्किंगको व्यवस्था
  • २४ सै घण्टा स्वास्थ्य सेवा तथा होमस्टे गाँउमा सामुदायीक क्लिनीकको व्यवस्था
  • होमस्टे संगै जोडिएको ३ वटा अन्तराष्ट्रिय स्तरको होटल
  • २ रात ३ दिनको पर्यटकिय क्रियाकलाप को व्यवस्था
  • हरेक दिन साँझ स्थानिय थारु , बोटे तथा मुसहर समुदायको साँस्कृतिक कार्यक्रमको व्यवस्था
  • स्वच्छ , सफा , ताजा र शुद्ध प्राङगारीक (Organic) थारु समुदायको स्वादिष्ट भोजन गराउने : चिचर , घोघी , नुमैचा,लोकल रक्सी , सोझुवा रोटी,हाँसको मासु, लोकल कुखुराको मासु, माछाका परिकारहरु

खानाकापरिकारहरु

उदेश्यहरु

यस अमलटारी मध्यवर्ती सामुदायीक होमस्टे संरक्षण तथा जिविकोपार्जनको एक जिवन्त मेलको रुपमा लिन सकिन्छ । विगतका दिनहरुमा यस क्षेत्रमा रहेका वन जँगल तथा वन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने कनै भावना यस क्षेत्रका स्थानिय जनसमुदाय मा थिएन । जसले गर्दा यस क्षेत्रमा रहेको एउटै मात्र सामुदायीक वन गुन्द्धहि ढकाहा सामुदायीक वन उजाड अवस्थामा थियो । जँगली जनावर तथा पशुपंक्षीहरु कहिले काही अकल झुकल मात्र देख्न सकिन्थ्यो भने हाल यस क्षेत्रमा रहेका स्थानिय जनसमुदाय , महिला समुह, यूवा क्लब,सामुदायीक वन,अमलटारी मध्यवर्ती उपभोक्ता समिती, समुदायमा आधारित चोरी शिकार नियन्त्रण यूवा जागरण अभियान लगायत अन्यसहयोगी संस्थाहरु विश्व वन्यजन्तु कोष, तराइ भुपरिधी कार्यक्रम इत्यादिको संयूक्त प्रयासमा यस सामुदायीक वन लाइ संरक्षण गर्न सफल भयौ । जसले गर्दा हाल यस क्षेत्रमा नेपालकै दुर्लभ एक सिंगे गैडा ६५ वटा , अन्य जिवजनावर तथा पशुपंन्क्षीका साथै जटायु रेस्टुरेन्ट अवलोकन गर्न सकिन्छ । संरक्षणको कार्य संग संगै जिविकोपार्जनका लागी बिभिन्न विकाशका कामहरु सञ्चालन भै रहेका छन । जसको फलस्वरुप बिगत ३,४ बर्षको कडा प्रयास स्वरुपमा आज को अवस्था लाइ बिगतको अवस्था संग तुलना गर्दा कता कता सपना सरह महशुश हुन्छ । यस अमलटारी मध्यवर्ती पनि निरन्तर समुदायको संरक्षणको नतिजा हो । जसले गर्दा यस क्षेत्रका साना बालक देखि वृद्धा सम्म संरक्षणमा लाग्न स्वत्त स्फुर्त प्रोत्साहन गरेको छ । यस अमलटारी मध्यवर्ती सामुदायीक होमस्टे कार्यक्रमको मुख्य उदेश्य हरु निम्नानुसार छन् ।

जैविक विविधताको संरक्षण गरि पर्यापर्यटनको विकाश गर्ने र होमस्टे कार्यक्रम सञ्चालन गरि स्थानीय जंगल सँग जोडिएका अति बिपन्न तथा गरिब समुदायको सामाजीक, आर्थीक र साँस्कृतिक विकाशमा टेवा पुयाउने ।

स्थानिय कला ,भाषा, धर्म, संस्कार, संस्कृति ,चालचलन तथा रीतिरिवाजको संरक्षण र सम्बद्धन गर्ने र जैविक विविधताको संरक्षणमा सँग सँगै स्थानिय जनसमुदायको जिविकोपार्जनमा बिकाश गरि मानव र वन्यजन्तु बिचको असमज्दारी न्यूनिकरणमा सहयोग गर्ने

संरक्षण र पर्यापर्यटन विचको अन्तर सम्बन्धको बारेमा चेतना पुयाउने र जैविक विविधता संरक्षण र दिगो जिविकोपार्जनको एक नमुना तथा जिवन्त नमुना होमस्टे गाँउ बनाउने ।

फोटोग्यालेरी

हाम्रोसम्पर्क

ठेगाना

अमलटारी मध्यवर्ती सामुदायीक होमस्टे, कावासोती-१५, बाघखोर, नवलपरासी

मोबाइल

+9779857082570

+9779812984239

इमेल

psmsub99@gmail.com